नियम ८१
समितिको व्यवस्था
(१) सरकारी कामको सिलसिलामा खटिएको कुनै प्रहरी कर्मचारी दुर्घटनामा परी अशक्त भएमा, सोही कारणबाट निजको मृत्यु भएमा, चोटपटक लागि उपचार गर्नु परेमा वा त्यस्तो प्रहरी कर्मचारीको परिवार वा सन्ततिले पाउने सन्तति वृत्ति, उपदान वा उपचार खर्चको सम्बन्धमा सिफारिस गर्न देहायका बमोजिमको एक समित रहनेछ ः-
(क) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रतिनिधि,
(ख) अर्थ मन्त्रालयको प्रतिनिधि,
(ग) केन्द्रको कर्मचारी प्रशासन शाखा प्रमुख ।
(२) उपनियम (१) बमोजिमको समितिलाई केन्द्रमा कार्यरत प्रहरी कर्मचारीको मृत्यु वा चोटपटक सरकारी कामको सिलसिलामा भएको हो, होइन भन्ने र अशक्तताको सम्बन्धमा समेत आवश्यक जा“चबुझ गरी सिफारिस गर्ने अधिकार हुनेछ ।